१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यु


0
Shares

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रास्कोटबाट जितेगढा बजार आउँदै गरेको क १ ज २३ नम्बरको उक्त जिप रास्कोट नगरपालिका वडा नम्बर ६ सन्नीघाटमा दुर्घटना हुँदा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको हो ।

दुर्घटनामा चार जना घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरकेको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित १२ जना सवार थिए । ओरालो सडकमा अनियन्त्रित भएका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।