
सुरेन्द्र भण्डारी
झापा । वैदेशिक रोजगारीबाट फर्किएपछि बाह्रदशी गाउँपालिका ३ राजगढका चान महमदले सुरू गरेको व्यवसायका कारण अहिले ग्रामिण क्षेत्रका धेरै युवाले रोजगारी पाएका छन् । एक दशक भन्दा लामो समय वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा बिताएका महमदले स्वदेश फर्कीएर गाउँमै सस्तो बजार सञ्चालनमा ल्याएका छन् ।
विदेशी सीपबाट झण्डै दुई करोड रुपैयाँ लगानी गर्दै उनले सञ्चालनमा ल्याएको ‘एभरेष्ट सस्तो बजार’का कारण कोरोना कहरको बन्दा बन्दीमा समेत ग्रामीण क्षेत्रका आम नागरिकलाई घर–घरमा सेवा पु¥याई रहेको छ । बन्दा बन्दीको यो समयमा व्यापार मात्र हैन, यहाँका १५ जनाभन्दा बढी युवाले रोजगारीसमेत पाएकाे सञ्चालक चान हममद बताउँछन् ।
कोरोना कहरमा काम विहीन भएर कोही पनि बस्नु नपरोस् भन्दै महमदले शुरु गरेको सेवा सहितको व्यपारका कारण ग्रामीण क्षेत्रका आम नागरिक अहिले खुशी देखिन्छन् । दक्षिणी झापाका अधिकांश नागरिक सीमावर्ती भारतीय वजारमा निर्भर रहन्छन् । तर, कोरोना कहरका कारण नेपाल भारत सिमा नाका बन्द हुनु र लकडाउनका कारण आवत जावतमा समेत समस्या हुँदा सस्तो बजार धेरैका लागि सहयोगी बनेको छ ।
आफैं रोगजारीका लागि साउदी अरव पुगेका उन्ले विदेशमा भोगेको र अरुले गरेको दुःख देखेर स्वादेशमा सुन फलाउन सकिने हिम्मत गर्दे आफ्नै गाउँमा केहि गर्ने संकल्प गरेकाे सञ्चालक चान हममदकाे भनाई छ । विदेश त्यागेर आफ्नै ठाउँमा व्यवसाय शुरु गरेका धेरै युवाहरुले स्वदेशमै केही गर्न सकीने भन्दै बिदेश नजान युवाहरुलाई सचेतसमेत गराएका छन् ।
सामूहिक बाख्रापालन, भैसीपालन र सामूहिक तरकारी खेतीमा हौसीएका युवाहरुलाई सरकारले सहुलियत दरमा ऋण उपलब्ध गराई दिने आफै आत्मर्निभर बन्न सक्ने थिए । दशकौदेखि नेपालमा भनेजस्तो काम पाइएन भनेर विदेसिने युवाको क्रम अहिले पनि रोकिएको छैन । महामारीको यो समयमा समेत विदेश जान हात हातमा राहदानी बोकेर बसेका युवा गाउँ गाउँमा भेटिन्छन् । त्यसैले सेवा सहितको व्यापार गर्ने फरक सोचका साथ विदेश त्यागेर फर्कीएका युवाहरुबाट उनीहरुले पाठ सिक्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्