१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध


0
Shares

बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको पहिरोले सडक अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

निरन्तरको वर्षातपछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ ।