
एजेन्सी । भारतका चर्चित कमेडियन राजपाल यादवले ५० वर्षको उमेरमा आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरेका छन् । आफ्नो २२ वर्षको करियरपछि उनले नाममा थोरै परिवर्तन गरेका हुन् । अब राजपाल यादवको नाम राजपाल नौरंग यादव हुनेछ ।
यादवले आफ्नो बुवाको नाम नौरंग यादवबाट नौरंग ल्याएर राजपाल नौरंग यादव नाम राखेका हुन् । उनले भने, ‘मेरो बुवाको नाम नौरंग हो, यसको अर्थ ९ रङ्ग हो । नाम परिवर्तन गरेसँगै मैले बुवाको आर्शिवादको साथ नयाँ जीवनको सुरु गरेको छु ।’
आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।
सन् १९९९ मा ‘दिल क्या करे’ बाट फिल्मम डेब्यु गरेका यादवले कैयौं नेपाली फिल्ममा पनि काम गरेका छन् । पछिल्लो समय कुली नम्बर १ मा काम गरेको यादवका हंगामा २, हैली चार्ली, टाइम टु डान्स, भुल भुलैया २ जस्ता फिल्म प्रदर्शनका क्रममा छन् ।
प्रतिक्रिया दिनुहोस्