
एजेन्सी । अस्ट्रेलियाकी एक पूर्वसांसद्ले मन्त्रीले आफूलाई गलत तरिकाले संवेदनशील अङ्गमा छोएको आरोप लगाउनुभएको छ ।
पूर्वसांसद् जुलिया बैंक्सले २०१७ मा संसद् भवनमा एक मन्त्रीले आफूलाई गलत तरिकाले जाङ्गमा छोएको आरोप लगाउनुभएको हो । संसदीय भोट सत्रको दौरानमा आफूमाथि यो घटना भएको उहाँको भनाइ छ ।
पूर्वसांसद्को आरोपपछि प्रधानमन्त्री स्टक मोरिसनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आफूलाई यस घटनाको बारेमा यसअघि थाहा नभएको जनाएको छ । विज्ञप्तिमा पूर्व सांसद्माथि भएको दुर्व्यवहार गलत भएको उल्लेख गरिएको छ ।
पूर्वसांसद् बैंक्सले उक्त मन्त्री अहिले पनि मन्त्रिपरिषद्मा भएको भने पनि नाम भने सार्वजनिक गर्नुभएको छैन । उहाँले घटनाको स्मरण गर्दै भन्नुभएको छ, ‘रातको समय संसद्मा मतदानका लागि कुरिरहेको थिएँ, एक मन्त्री आएर मेरो छेउमा बस्नुभयो ।’
उहाँ अगाडि भन्नुहुन्छ, ‘उहाँले आफ्नो हात मेरो जाङ्गमा राख्नुभयो र बिस्तारै बिस्तारै अघि बढाउँदै जानुभयो । त्यसपछि उहाँले मेरो गोडामा पनि हात लैजानुभएको थियो ।’ उहाँले एक मन्त्रीले संसद भवनमा यस्तो हर्कत गर्नु लाजको पनि हद नाघेको बताउनुभयो ।
जुन समयमा यस्तो दुर्व्यवहार भएको थियो, उक्त समयमा आफूले विश्वास नै गर्न नसकेको उहाँको भनाइ छ । बैंक्सको आरोपले मोरिसनको सरकार र अस्ट्रेलियाको राजनीतिमा महिलामाथि हुने दुर्व्यवहारको विषयमा एकपटक फेरि प्रश्न चिह्न खडा भएको छ ।
प्रतिक्रिया दिनुहोस्