१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग


0
Shares

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी अलग हुने भएको छ ।

जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलाबर गरेको छलफलमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आ–आफ्नो दावी नछाडेका कारण विवाद मिल्न नसकेको हो ।

छलफलमा दुवै पक्षले अलग भएर अगाडी बढ्ने निर्णय गरेको ठाकुर पक्षीय नेता अनिल झाले जानकारी दिनुभयो ।

अब निर्वाचन आयोगले केही दिन भित्रै आधिकारिकता सम्बन्धी निर्णयका लागि प्रमुख निर्वाचन आयोगको अध्यक्षतामा इजलास गठनको तयारी गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’