१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीपी प्रतिष्ठान आन्दाेलन : उच्चस्तरीय वार्ता समिति गठन गर्न चिकित्सक र कर्मचारीको माग


0
Shares

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितताको विषयमा २२ दिन देखि आन्दोलनरत कर्मचारी, चिकित्सक र विद्यार्थीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वार्ता समिति गठन गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरूले औपचारिक वार्ता टोली गठन गर्न ढिलाइ गर्नु दुःखद र गैरजिम्मेवारीपूर्ण भएको जनाएका छन् । आन्दोलनकारीहरूसँग वार्ता गर्न हिजो स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू धरान गएका थिए ।

मन्त्रालयका टोलीले आफूहरूको कुरा बुझ्ने र सुन्ने प्रयास गर्नुलाई सकारात्मक रूपमा लिए पनि यसलाई औपचारिक वार्ता नमान्ने उनीहरूको अडान छ । प्रतिष्ठानमा भइरहेको अनियमितताको विषयमा १२ बुँदे माग राखेर आन्दोलन गरिरहेका उनीहरूले उपकुलपति डा. ज्ञानेन्द्र कार्की लगायत ४ जना पदाधिकारीको राजीनामा समेत माग गरेका छन् ।