
काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूका लागि मंगलबारदेखि दोस्रो मात्रा लगाउन सुरु भएको छ ।
सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत अहिले दोस्रो डोज लगाउन पाउने व्यवस्था मिलाइएको छ । खोप लगाउन यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य गरिएको थियो ।
पछिल्लो पटक ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । खोप अभियान देशभर सञ्चालन भएको छ । यसैबीच काठमाडौं स्वास्थ्य कार्यालयले ३२ स्थानमा खोप केन्द्र तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्