३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


धनगढीमा मिडिया कप फुटसल हुने


0
Shares

कैलाली, वैशाख २८ । धनगढीमा आउँदो जेठ ४ देखि ६ गतेसम्म ‘नेपाल आइस मिडिया कप फुटसल’ प्रतियोगिता हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारेमा जानकारी गराएको हो ।

प्रतियोगितामा कैलालीका विभिन्न सन्चारमाध्यमका टिमहरुको सहभागिता रहनेछ ।

विजेताले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यस्तै, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले नगद एक/एक हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई चौधरी ग्रुपको सीजी ब्रुअरीको उत्पादन नेपाल आइसले मुख्य प्रायोजन गरेको छ ।