
web pic
काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारसँग माग गरेको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिका कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नु पर्ने बताउँदै मूल्यवृद्धि फिर्ता गर्न माग गर्नुभएको हो ।
महामन्त्री तिमल्सिनाले संकटका बेला जनताको चुल्हो बन्द गराउने सरकार र नेपाल आयल निगमको दुर्नियत निन्दनीय भएको भन्दै पटक पटक आम उपभोक्ताको ढाड सेक्ने गरी गरिएको चर्को मूल्यवृद्धिको विरुद्ध आआफ्नो ठाउँबाट प्रतिरोध गर्न अपिल गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्