२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


बागलुङको ताराखोलाको बाढीमा परि एक जना बेपत्ता, पहिरोमा पुरिएर २७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा


0
Shares

डम्मर बुढा मगर

बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् ।

मंगलबार राति वर्षासँगै आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की सम्पर्क विहिन भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ ।

बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय गलकोट बाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पुग्दै गरेको बताएको छ ।