
एजेन्सी । अमेरिकाको न्यूयोर्क राज्यले बढ्दो बन्दुक हिंसालाई रोक्नको लागि आपतकालीन कार्यकारी आदेश दिएको छ ।
न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । यो सँगै बन्दुक हिंसालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्यूयोर्क पहिलो राज्य बनेको छ ।
कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्ब ४२ करोड रुपैयाँ खर्च हुने बीबीसलिे जनाएको छ ।
गत ४ जुलाईको साप्ताहिक बिदामा न्यूयोर्क राज्यमा मात्रै साप्ताहिक ५१ वटा गोलीकाण्डका घटना भएको अमेरिकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अमेरिकामा देशैभरि गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । गत साता मात्रै २ सयभन्दा बढी यस्ता घटना घटेक एफबीआईले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बिडेनले जुनको अन्त्यमा हत्याका घटना वृद्धिलाई रोक्नको बन्दुक डिलर र हतियार तस्करी नियन्त्रणका सम्बन्धमा एउटा रणानीति अघि सार्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्