१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दक्षिण बागलुङ जोड्ने सबै सडक अवरुद्ध


0
Shares

बागलुङ । केही दिनदेखिको निरन्तर वर्षाको कारण कालीगण्डकी कोरिडोर र मालढुङ्गा, पाग्जा, पैयुँपाटा–कुस्मिशेरा सडक अवरुद्ध भएको छ ।

बागलुङको दक्षिण भेग जोड्ने दुबै सडक पहिरोका कारण अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सिधा यात्रा टुटेको छ ।

सडकमाथि र तलबाट एकै पटक भत्किँदा दुबै सडक अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।

उहाँले माथिल्लो सकड खुल्लाउन तत्काल संभव नभएको भन्दै कालीगण्डकी कोरिडोर तत्काल खुलाउनका लागि प्रयास भएको बताउनुभयो । तत्काल सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको उहाँको भनाई छ ।

माथिल्लो सडकको विकल्पमा कोरिडोरलाई तत्काल एकतर्फी रुपमा भए पनि संचालन गर्नका लागि प्रयास थाल्ने सहायक प्रजिअ पौडेलले बताउनुभयो ।