२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्र खारेजीको मागसहित पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जाँदै


0
Shares

काठमाडौं । पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।

माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिन लागेका हुन् ।

माओवादी त्यागेर एमालेमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतले आज निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका छन् ।

माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो । राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ ।

६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन लागेका हुन् ।