१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सोलुखुम्बुमा थप एक कोभिड संक्रमितको मृत्यु


0
Shares

india corona death

सोलुखुम्बु । सोलुखुम्बुमा थप एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ की ६७ वर्षीया महिलाको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकी महिलाको मंगलबार बिहान मृत्यु भएको थियो । मृृत्युपछि गरिएको एन्टीजेन परीक्षणमा सङ्क्रमण पुष्टि भएको तामाङले बताउनुभयो ।

योसँगै जिल्लामा कोभिडबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमण घट्ने क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।