
बर्दिया । बर्दियामा जिल्ला भित्र सार्वजजिक सवारी सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक सवारी सञ्चालन गर्न पाइने जनाएको हो ।
सवारी सञ्चालन गर्दा पूर्ण रूपमा निसंक्रमण गर्ने, ढोकामा सेनिटाइजर राख्ने, सवारी चालक र यात्रुले अनिवार्य माक्स लगाउने, सहचालकले अनिवार्य माक्स, भाइजर र पञ्जाको प्रयोग गर्ने लगायतका मापदण्ड पालना गनुपर्ने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।
प्रशासनबाट जारी सूचनाको अवज्ञा गरे संक्रामक रोग ऐन २०२८, स्थानीय प्रशासन ऐन २०२८ र कोभिड–१९ अध्यादेश २०७८ बमोजिम कारबाही गरिने जिल्ला प्रसाशन कार्यलय बर्दियाले जनाएको छ ।
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले बैशाखदेखि नै निषेधाज्ञा जारी गरेको थियो । जारी निषेधाज्ञादेखि बन्द रहेका सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आउने छन् ।
प्रतिक्रिया दिनुहोस्