
बिराज रोस्यारा
कैलाली । तीन दिनदेखि बेपत्ता बालकको शव फेला परेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलीप विष्टका साढे तीन वर्षीय छोरा विवेक विष्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बालकको शव जमरा कुलोको किनारमा फेला परेको हो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
सोमबार बालक हराएपछि खोजीका लागि भन्दै रातिदेखि नै जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अधिकारी टीकापुर पुग्नुभएको थियो । मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर बालकको खोजी भएको थियो ।
यो पनि पढ्नुहोस्
कैलालीका बालक तीन दिनदेखि सम्पर्कविहीन
प्रतिक्रिया दिनुहोस्