
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एफसी वुमन्स एसियन कप छनोट खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ जना खेलाडीलाई बोलाएका छन् । बन्द प्रशिक्षण आगामी साउन ३ गतेबाट हुनेछ ।
गत माघ–फागुनमा भएको राष्ट्रिय महिला लिगको प्रदर्शनका आधारमा प्रारम्भिक टोलीको घोषणा गरिएको हो । घोषणा गरिएको टोलीमा स्ट्राइकर सावित्रा भण्डारी भने परेकी छैनन् । घुँडामा चोट बोकेपछि भण्डारी उपचारका लागि हाल कतारमा रहेकी छन् ।
लिगकै दौरान चोट बोकेकी अर्की खेलाडी हिरा कुमारी भुजेलले भने टोलीमा स्थान बनाएकी छन् । एसियन कपको छनोटमा नेपाल हङकङ र फिलिपिन्स रहेको समूह एफमा रहेको छ । छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्