
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।
अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ ।
यसअघि अदालतको आदेश नमाने गिरफतार गर्ने प्रहरीले चेतावनी दिएसँगै याकूबले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो ।
अदालतले जुमालाई भ्रष्टाचारको आरोपमा अनुसन्धानमा उपस्थित हुन नसकेपछि गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।
उहाँर्लाइ सत्तामा नौ वर्ष सहँदा भ्रष्टाचार गरेको उजुरी परेसँगै अदालतले छानबिन थालेको थियो ।
प्रतिक्रिया दिनुहोस्