
तेह्रथुम । छथर गाउँपालिका छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।
गाउँपालिकाले बसपार्क निमार्णका लागि १५ लाख विनियोजन गरी काम सुरु गरेको छ । तत्कालका लागि अस्थायी बसपार्क बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभएको छ ।
जग्गाको व्यावस्था भएपछि बसपार्क सम्याउने काम सुरु भएको र आगामी वर्ष डीपीआर तयारी हुने जनाइएको छ । गाउँ गाउँमा सडक सञ्जाहरु जोडिएपछि यस क्षेत्रमा सवारी साधानको चाप बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्