१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लगातारको वर्षाले यी नदीहरुमा पानीको बहाव बढ्यो


0
Shares

काठमाडौं । देशभर भएको लगातारका वर्षाले विभिन्न नदीनालाहरुमा पानीको बहाव बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्नेछ ।

त्यस्तै कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब बढ्ने, केही सना सहायक नदीहरुमा आकस्मिक वहाव भई सतर्कता तह पुग्न सक्ने हुँदा तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तै नवलपुर र आसपासका क्षेत्रमा भारी बर्षा मापन भएको छ । रूणखोला, गिरूवारी, बिनयी लगायत सो क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बाढी आउँदा नवलपुरका धेरै घरहरु डुबानमा परेका छन् ।