१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


हेटौंडामा ५७ केजी गाँजासहित दुई जना पक्राउ


0
Shares

हेटौंडा । मकवानपुरको चुरियामाइमा ५७ केजी गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार साँझ साढे ५ बजे हेटौंडा–वीरगञ्जसडक खण्डको चुरियामाइ नजिक पिपल चौतारीमा चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ प ५०१५ नम्बरको बोलेरो पिकअप गाडीमा जाँच गर्दा ५७ केजी ९०० ग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अवैधा गाँजा र सवारीसहित पक्राउ परेको दुवै जनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।