
काठमाडौं । नेकपा एमालेको एकताका लागि गठन भएको कार्यदलको वार्ता जारी छ ।
अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।
बैठकअघि नेपाल पक्षका संयोजकसमेत रहनुभएका भीम रावलले नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर जानुभएको थियो । रावल सिंहदरवार फर्केलगत्तै वार्ता सुरु भएको थियो ।
राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्