
काठमाडौं । नेकपा एमालेका एकताका लागि गठिन कार्यदलको वार्ता सहमतिनजिक पुगेको छ ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले निष्कर्षका लागि अब धेरै समय नलाग्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’
नेता विष्टले बेलुकसम्मको वार्तामा समाधानमा पुग्ने प्रयास रहने बताउनुभयो ।
यसैगरी, ओली पक्षका नेता सुवास नेम्वाङले पनि बाहिर चर्चा गरिएजस्तो नभएर सकारात्मक भएको बताउनुभएको छ । वार्तालाई निष्कर्षमा पुर्याउनका लागि साँझ सात बजेसम्मका लागि बैठक स्थगित गरिएको नेम्वाङको भनाइ छ ।
आफूहरू छलफलमा निरन्तर अघि बढिरहेकाले साँझसम्म नतिजा आउने उहाँको विश्वास छ । उहाँले शीर्ष नेताहरूबीच आज पनि भेट हुनसक्ने संकेत पनि गर्नुभए भएको छ ।
प्रतिक्रिया दिनुहोस्