
फाइल तस्विर
काठमाडौं । निरन्तरको वर्षाले देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । बाढी तथा पहिरोका कारण राजमार्गहरू बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको छ ।
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध छ । नवलपरासीको कावासोतीमा बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण चितवन मुग्लिन सडक खण्ड पनि अवरुद्ध छ ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत कुश्माका विभिन्न स्थानमा पहिरो जाँदा सो सडक खण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्