
चितवन । बुधबार रातिदेखिको अविरल वर्षाले चितवनको माडीका २५ घर डुवानमा परेका छन् ।
डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । माडी नगरपालिका–१ बरुवामा बाढी आउँदा त्यहाँका १८ घरपरिवारलाई मध्यवर्तिको सामुदायिक भवनमा राखिएको छ ।
त्यस्तै माडी ३ मा ७ घरपरिवारलाई सामुदायिक भवनमा राखिएको छ । अहिले पानीको सतह केही कम भएको छ । ठूलो वर्षापछि माडीका मगई, रतनी, परुई, बाँदरमुढे खोला, खरकट्टा बगई, घाँगर आदि खोलामा बाढी आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्