१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चौथो संस्करणको ईपीएल सञ्चालनका लागि आईसीसीको स्वीकृति


0
Shares

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्वीकृति प्रदान गरेको छ ।

बिहीबार ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरले एक विज्ञप्त जारी गर्दै असोज ९ गतेदेखि २३ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि आईसीसीले स्वीकृति दिएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै प्रतियोगिताका लागि स्वीकृत प्रदान गरिसकेको छ ।

चौथो संस्करणका लागि विश्वका ठूला हस्तीहरूलाई पनि नेपाल भित्र्याउने आयोजकको योजना छ । प्रतियोगिता विश्वभरबाट प्रत्यक्ष हेर्न सकिने सीईओ अख्तरले जानकारी गराउनुभएको छ ।

यस अघि चौथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने तालिका रहेको थियो । तर, कोभिड–१९ संक्रमणको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरी ६ टीमले सहभागिता जनाउनेछन् ।