१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रदेश १ मा एक वर्षको अवधिमा ३८ प्रहरी निलम्बन


0
Shares

विराटनगर, साउन १३ । प्रदेश नम्बर १ मा विगत एक वर्षको अवधिमा प्रहरी आचरण विपरित कार्यमा संलग्न ३८ जना प्रहरीलाई निलम्बन गरिएको छ ।

निलम्बन गरिएकामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । प्रदेश १ का १४ जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ को अवधिमा ६५२ वटा इलाकामा कार्यरत प्रहरी कर्मचारीमध्ये ३८ जनालाई जागिरबाट निलम्बित गरिएको हो ।

पेशाप्रति जवाफदेही नहुने सुनसरीका कार्यालय प्रहरी उपरीक्षक विद्यानन्द माझीसहित तल्लो तहका प्रहरी कर्मचारीलाई विभागीय कारवाही स्वरुप जागिरबाट निलम्बन गरिएको हो । यद्यपि, प्रहरी उपरीक्षक माझीमाथिको कारवाही फुकुवा भइसकेको छ ।

तत्कालिन सुनसरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक माझीलाई सुनसरीको इटहरीमा प्रेमी र उनका साथी मिलेर १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनामा बालिकाका अभिभावकलाई प्रहरीले ‘मिलापत्र’ गराएको भन्ने बिषयमा संलग्नता भएको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्वन गरेको थियो ।

सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरन्जीवी दाहाल छानविनका लागि निलम्बनमा परेका थिए ।

प्रदेश प्रहरी कार्यालयले १ बर्षको अवधिमा ३ सय ५६ जनालाई कसुरको मात्रा हेरी कारवाहीसमेत गरेको छ ।