
काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ।
मनसुन सुरु भएपछि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा २६ पुरुष, १५ महिला, १० बालबालिका भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीनरतीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई / दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक र एक जना रहेका छन्।
प्रहरी प्रधान कार्यालयकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ। जसअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक र एक जनाको मृत्यु भएको छ ।
याे एक महिनकाे समयवधिभर बाढीपहिरो र डुबानमा परी ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन्। यस्तै बाढीपहिरोमा परी २९ बेपत्ता छन्। तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन्।
बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई / दुई तथा बाजुरा र बाग्लुङमा एकरएक जना छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।
बाढीपहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन्।
प्रतिक्रिया दिनुहोस्