२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धान मर्न थालेपछि कृषक चिन्तित


0
Shares

काभ्रे । रोपेको १५ दिनमा नै डढुवा लागेर धान मर्न थालेपछि काभ्रे पनौतीका कृषक चिन्तित भएका छन् ।

खोपासी फाँटमा लगाइएको एक्ले धान, मनसुनी खुमल चार, ताइचिन जस्ता अधिकांश धानमालाई जस्तो देखिने किरा, सेतो पुतली, अन्य आँखाले नदेखिने किराहरुले बोट खाएको कृषकको गुनासो छ ।

कहिले पानी समयमा नपर्ने, कहिले बिउ नपाइने र कहिले मल समयमा नपाउने समस्याबाट पीडित कृषक यो पटक लगाएको धान नै मर्न थालेपछि थप चिन्तित भएका हुन् ।

केही समय अघिसम्म हाइब्रिड धानमा मात्र देखिएको रोग अहिले स्थानीय जातको धानमा समेत देखिएको कृषकहरु बताउँछन् ।

धानको नमुना संकलन गरेर पठाइएको र रिपोर्ट आएपछि थप कदम अघि बढाउने पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटाले बताउनुभयो ।

जिल्लामा अहिलेसम्म ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।