
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध भएको छ ।
लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ को सुन्दरेखोला, चुवाभिर र वडा नं. २ को नयाँ पुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो ।
चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँ पुलको पहिरो हटाएर सडक सुचारु गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रवाट अन्यत्र जाने सवारीसाधनहरु पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र परेका छन् भने अन्यत्रवाट आएका सवारीसाधनहरु पराधिमा अलपत्र परेका छन् ।
उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्