
काठमाडौं । सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फतआज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो ।
नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो ।
सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खोप आज काठमाडौं आइपुगेको हो ।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने जानकारी दिनुभयो ।
पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्