
स्याङ्जा । स्याङ्जामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।
असार २५ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई बढाएर असार ३१ गतेसम्म पुर्याएको जिल्ला प्रशासन कार्यालय स्याङजाले जनाएको छ ।
जिल्लामा गत बैशाख २१ गतदेखि निषेधाज्ञा लगाइएको थियो ।
जिल्लामा निषेधाज्ञा भने खुकुलो पार्दै लगिएको छ । जिल्लामा मात्रै सञ्चालन गर्नेगरी निजी र सरकारी सवारी साधनमा जोर बिजोर प्रणली शुरु भएको छ । तर सार्वजनिक सवारीसाधनले पुर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई ५० प्रतिशत मात्रै यात्रु चडाउन पाइने भएको छ ।
बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग हुँदै अन्य जिल्ला जाने यात्रुवाहक सवारी साधनहरुबाट जिल्ला भित्र यात्रु चढाउन र ओराल्न नपाउने गरी आवागमन गर्न बाधा नपर्ने ।
औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ देखि साझ ७ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।
अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।त्यस्तै धार्मिक स्थलहरुमा नित्य पूजा मात्रै गर्ने, विवाह, प्रतबन्धलगायत अन्य संस्कार जन्य कायमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना अनिवार्य गर्न र विवाहको हकमा लागी दुबै पक्षका गरी २५ जना बढी सहभागि हुन पाईनेछैन् ।
स्याङजामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो ।
कोरोनाको दोस्रो लहरसँगै जिल्लामा हालसम्म एक सय १७ ज्यान गुमाएका छन् भने ४ हजार २ सय ८९ जना संक्रमित मध्ये हाल २ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्