
काठमाडौं । थापाथली, स्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले लुम्बिनी प्रदेशको बुटवलमा रहेको नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ ।
सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको‘ ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमी पनि ब्यवस्थापन गर्न लागेको हो ।
स्थापना काल देखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरे सँगै नमस्ते एकेडेमीको शैक्षिक गुणस्तर पनि अन्तरार्ष्ट्रियस्तरको बनाइने दाबी गरिएको छ ।
कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताउनुभयो ।
टीबीसीमा झण्डै एक दशक देखि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्ते एकेडेमीको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।
नमस्तेको ब्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरु हुने भएका छन् ।
लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको ब्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रमहरु थप गरेको हो ।
यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउ लाई नियुक्त गरिएको छ ।
शैक्षिक ब्यवस्थापनमा अब्बल बार्थोलोमउ बेलायती नागरिक हुहुहुन्छ । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वका प्रतिष्ठित विश्व विद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्