१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फाइजरले तेस्रो डोज खोपको लागि अनुमति माग्यो, डेल्टा भेरियन्टविरुद्ध पनि काम गर्ने


0
Shares

एजेन्सी । खोप निर्माता कम्पनी फाइजरले अमेरिकामा कोरोना विरुद्धको खोपको तेस्रो डोजका लागि अनुमति माग्ने भएको छ ।

फाइजरले तेस्रो डोजको आपतकालीन अनुमतिका लागि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनसँग अनुमति लिने योजना बनाएको हो । फाइजरका बिशेषज्ञ डा. मिखेल डलस्टनले एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोना विरुद्धको इम्यूनिटी बढ्ने अनुसन्धानबाट खुलेको बताएका छन् ।

दोश्रो डोज लगाएका व्यक्तिले तेश्रो डोजको रूपमा बुस्टर लगाउनु पर्ने देखिएकोले अनुमति मागेको उनको भनाइ छ । हालै गरिएको शोधबाट फाइजरको बुस्टरले डेल्टा भेरिएन्टबाट हुने संक्रमणसँग लड्न पनि सहयोग पुग्ने कम्पनीको दाबी छ ।