१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोडल गरिमा शर्मा रुँदै लाइभमा (भिडियोसहित)


13
Shares

काठमाडौं । मोडल गरिमा शर्मा र गायक तथा मोडल दुर्गेश थापाबीचको कुराकानीको एउटा टुक्रा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भाइरल टुक्रामा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्बन्ध भर्खरै टुटेको जस्तो सुनिन्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको छ, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा कहिल्यै थिएन ।

यसैबीच रजतपट नामक टेलिभिजन कार्यक्रममा उक्त टुक्राको समाचार बनेर आएपछि घटनाले अर्को मोड लिएको छ । उक्त टुक्रे संवादको वास्तविकता नखोजी विवाहित पुरुषसँग प्रेम सम्बन्धमा भएको भन्दै टेलिभिजनमा कार्यक्रम प्रसारण भएपछि आफ्नो चरित्रहत्या गरेको भन्दै मोडल शर्माले रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी पनि दिएकी छन् ।

गरिमाले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले सत्यतत्य जानकारी गराउँदा गराउँदै पनि बदनियतपूर्वक समाचार बजाइएको गुनासो गरेकी छन् । न्यायका निम्ति सम्बन्धित निकायसँग पुग्न बाध्य भएको भन्दै उनले दर्शकलाई भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

तर यो घटनामा दर्शकले दुर्गेश र गरिमामाथि पनि गाली वर्षाइरहेका छन् । टिकटक लाइभमा आएर रमाइलो गर्ने नाममा उश्रृंखल क्रियाकलाप गर्दा उनीहरु आफैं फस्न पुगेको कतिपयको टिप्पणी छ ।