
काठमाडौं । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक पुगेको छ ।
शुक्रबार सिंहदरबारमा भएकाे वार्तामा उठेको आधा दर्जन विषयमा छलफल भएर सहमतिनजिक पुगेको नेपाल पक्षीय नेता गोकर्ण विष्टले जानकारी दिनुभयो ।
‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’
विष्टले भोलि सम्पूर्ण रूपले सहमति र निष्कर्षमा पुग्ने जानकारी दिँदै भाषागत विषयमा मात्र सहमति हुन बाँकी रहेको बताउनुभयो । आफूहरू पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण हिसाबले सहमतिमा पुग्ने उहाँको भनाइ छ ।
यस्तै ओली पक्षीय नेता एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवाललीले भाषागत त्रुटीहरू मिलाउन बाँकी रहेको बताउनुभयो । उहाँले सहमति नजिक पुगेको जानकारी दिँदै उहाँले भाषागत त्रुटीका विषयमा भोलि छलफल हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्