५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


इजरायल र प्यालेस्टाइन विवाद बढ्दै


0
Shares

एजेन्सी । इजरायली सेनाले पश्चिम तटीय क्षेत्रमा प्रदर्शन गर्ने प्यालेस्टाइनविरुद्ध कारवाही गर्दा ३७० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले नाराजुलुस गर्न थालेपछि त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको सेनाले जनाएको छ । प्यालेस्टाइनहरुले इजरायलीले अवैध रुपमा आफ्नो भूमि कब्जा गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीविरुद्ध इजरायली सेनाले दर्जनौ अश्रु ग्यास प्रहार गरेको समाचारमा जनाइएको छ । उक्त घटनाछि इजरायली सेनाले औपचारिक प्रतिक्रिया दिएको छैन ।

इजरायल र प्यालेस्टाइनहरुबीच लामो समयदेखि जारी रहेको भूमि स्वामित्वको विवादका कारण पछिल्ला केही महिनायता दुवै मुुलकबीच सम्बन्ध चिसिएको छ ।

पूर्वी जेरुसेलमलगायतका क्षेत्रमा करिब ६ लाख ५० हजार जनसंख्या अवैध रुपमा बसोबास गरेको भन्दै प्यालेस्टाइनहरुले विरोध गर्दै आएका छन् ।