२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तानको ८५ प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा रहेको तालिवानीको दावी


0
Shares

एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको ८५ प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दावी गरेको छ ।

अमेरिकी सेना फिर्ता प्रक्रिया सुरु भएयता आफ्ना सशस्त्र गतिविधि तीव्र पारेको तालिवानी विद्रोहीले देशको महत्वपूर्ण क्षेत्र आफ्नो नियन्त्रणमा रहेको जनाएको हो ।

तर स्थानीय अफगानी अधिकारीहरुले भने तालिवानीले हजारौं अल्पसंख्यक शिया हजारा समुदायका बस्ती मात्र नियन्त्रणमा लिएको जनाएको छ ।

टर्कीको सीमा क्षेत्रमा रहेका अल्पसंख्यक समुदायका बस्ती मात्र नियन्त्रणमा लिएको त्यहाँको सरकारले दावी गरेको छ । अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता तारिक अरियनले तालिवानले कब्जामा लिएका भनिएका क्षेत्रमा सरकारी सेनाले कारवाही थालेको बताए । उनले सरकारले चाँडै नै विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा कारवाही अभियान सञ्चालन गरेर शान्ति प्रक्रिया कायम गर्ने दावी गरे ।