
काठमाडौं । बैतडीमा एकल पुरुषलाई दिदै आएको विदुर भत्ता जिल्लाको मेलौली नगरपालिकाले बढाउने भएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताउनुभयो ।
नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएकाे ओझाकाे भनाई छ ।
मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुषहरु बताउँछन् । मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्