
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बाढी – पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि सिन्धुपाल्चोक जानु भएको छ ।
प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बुको अबलोकन तथा बाढी पीडितसँग भेटघाट गरेपछि मेलम्ची क्षेत्रको अबलोकन गर्ने जानुहुनेछ ।
प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदैहुनुहुन्छ । उहााले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत हुनुहुनुन्छ । मनसुन सुरू भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस्