
सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
आज बिहानैदेखि सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो ।
बर्खायाममा आउने हावाहुरीबाट रुखका हाँगाहरु खसेर तारमा अल्झिने र पटक–पटक विद्युत अवरुद्ध हुन थालेपछि रुखका हाँगा काट्नको लागि बिद्युत अबरुद्ध गरीएको हो ।
कोहलपुर–सुर्खेत विद्युत प्रशारण बन्द हुँदा कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जाजरकोट, रुकुमपश्चिम र सल्यानको पश्चिम क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्