
तस्विर फाइल
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाईएको हो ।
यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खोल्न सकिने प्रशासनले जनाएको छ ।
त्यस्तै खाद्यान्न पसललगायत अत्यावश्यक सामग्रीको पसल सञ्चालनका लागि बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ । सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्