
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
शनिबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको नेपालनिकट स्रोतले जनाएको छ । एमाले कार्यदलले शनिबार एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल भएको हो ।
एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरूको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्