
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताउनुभएको छ ।
कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले नेताद्वयलाई त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताउनुभयो ।
तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी कोइरालाको टिप्पणी छ । नेतापुत्र त्रयको भेटघाट गुटउपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाइ सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रीत भएको उहाँले स्पष्ट पार्नुभयो ।
तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पार्टीको महाधिवेशन भदौमा हुँदैछ । महाधिवेशनका लागि पार्टीले अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुङ्गाउन सकेको छैन । अहिलेसम्म ४६ जिल्लाको विवाद टुंगिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्