१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा निषेधाज्ञा खुकुलो, सक्रिय कोभिड संक्रमित २ सय मुनि


0
Shares

धनकुटा । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा खुकुलो बनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाएसँगै बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । शनिबारदेखि जिल्लामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्ण रूपमा खुलेका छन् ।

होटल, रेस्टुराँ, साना चिया पसल पनि खुल्ला गरिएको छ । विद्यालय, हाटबजार, सिनेमाहल लगायतका भिडभाड हुने स्थान भने सञ्चालन गर्न दिइएको छैन । धनकुटामा अझै १ सय ९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको अवस्थामा निषेधाज्ञा लगाउने कार्यविधि नै बनाएको थियो । सक्रिय संक्रमित २ सय भन्दा कम भएसँगै निषेधाज्ञा खुकुलो पारिएको प्रशाासनले जनाएको छ ।