१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी


0
Shares

काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ ।

दिउँसा बैठक बस्ने भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले नेता नेपाललाई भेटेर फर्केपछि मात्र बैठक सुरु भएको थियो । निर्णायक भनिएको वार्ता बस्नुअघि नेताहरू नेपाल निवास कोटेश्वरमा पुगेका थिए ।

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटनुभएके थियो । उहाँले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राख्नुभएको थियो ।