
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबर सुरक्षाका विषयमा छलफल भएको छ ।
साइबर सुरक्षा र सिरियाको अवस्थाबारे भएको टेलिफोन संवादमा दुवै देश रचनात्मक सहयोग जारी राख्न सहमत भएको रुसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यो सहयोग द्विपक्षीय कानुनी संयन्त्रको ढाँचाभित्र र आधिकारिक सरकारी एजेन्सीहरू बीच डाटा आदानप्रदानको लागि विशेष माध्यम प्रयोग गर्नुका साथै अन्तर्राष्ट्रिय कानूनको प्रावधानमा केन्द्रित रहेर काम गर्नुपर्ने रुसले जोड दिएको बताइएको छ ।
यसैबीच दुवै देशका राष्ट्रपतिबीच सिरियामा मानवीय अवस्थाका बारे संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भएको छालफलको विषयमा पनि छलफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार सुरक्षा परिषद्को बैठकले सिरियालीहरूको लागि १२ महिनाको लागि सीमापार सहायता संयन्त्रको प्राधिकरण विस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।
सन् २०१६ पछि पहिलो पटक सुरक्षा परिषदले सिरियाको मानवीय सहायता सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्