
काठमाडौं । विना विभागीय मन्त्री बनेको करिब एक महिनापछि गण्डकी प्रदेशका दुई मन्त्रीले जिम्मेवारी पाएका छन् ।
जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङ्गेले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीको जिम्मेवारी पाउँदा मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्रीसँग भएको सहमतिअनुसार आचार्यले अर्थ मन्त्रालय र मनाङ्गेले भौतिक पूर्वाधार पाउनुपर्ने थियो ।
जेठ २९ मा मुख्यमन्त्रीसँगै शपथ लिएका कांग्रेसका कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारीले मन्त्रालयको जिम्मेवारी केही दिनअघि पाएका थिए ।
खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्