१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


आज विश्व जनसङ्ख्या दिवस : नेपाल, भारत र बङ्गलादेशमा ‘पपुलेसन बोनस’


0
Shares

काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस । समाधानका लागि अधिकार र छनोट : ‘शिशु सङ्ख्यामा उच्च वृद्धि वा कम जे भए पनि प्रजनन दर सुधार गर्न प्रजनन स्वास्थ्य र सबै नागरिकको अधिकारको प्राथमिकीकरण नै हो’ भन्ने नाराका साथ मनाइँदैछ ।

कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै यसपालि विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

सन्तुलित जनसङ्ख्या बिना कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसङ्ख्याको भय बुझेर ‘एक सन्तान प्रणाली’ लागू गरेको थियो ।

तर पछिल्लो समय जनसङ्ख्याको निश्चित स्तर हासिल गर्न लामो समयको अध्ययन पछि सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति मात्र होइन कि आफ्ना नागरिकलाई आह्वान नै गरेको छ ।

नेपाल, भारत र बङ्गलादेशमा भने ‘पपुलेसन बोनस’ भएको मानिन्छ । यसको अर्थ क्रियाशील जनसङ्ख्या अर्थात् १६ देखि ४९ सम्मका जनसङ्ख्या कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी हुनु हो ।

यी जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन । तर नेपाली जनशक्तिहरूको पसिना स्वदेशमा भन्दा विदेशमा बगिरहेको छ ।